२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्र बैंकले जारी गर्यो चेक अनादर सम्बन्धी कार्यविधि 

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६
|
918 views

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि–२०८२ जारी गरेको छ ।


कार्यविधि अनुसार अब चेक अनादरको लागि निवेदन प्राप्त भएको ५ कार्यदिन भित्र बैंकले कर्जा सूचना केन्द्रलाई पठाउनुपर्ने छ ।
खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित भएमा, साथै खातामा पर्याप्त मौज्दात भएता पनि चेक धारकले चेकमा उल्लिखित विवरण सही भएको यकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा चेक फिर्ता भएमा अब चेक कालोसूचीमा समोवश हुने छ ।


खातामा पर्याप्त रकम नभएको चेक जारी गर्दा चेक धारकले कालोसूचीमा राख्न निवेदन दिएपछि मात्रै चेक अनादर हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया