२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८
|
408 views

ललितपुर । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ ।

बजारमा अधिक तरलता जम्मा भएपछि केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि उक्त रकम उठाउन लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् भने निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

२९ दिने यो निक्षेप संकलन उपकरणको भदौ ३१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि राष्ट्र बैंकले भदौ १ गते गते पनि बजारबाट ६० अर्ब रुपैयाँ उठाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया