२०८२ भाद्र ६ | Aug 22, 2025

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभाको बैठक बहिस्कार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३१

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गर्दै आएका छन् ।

सभामुखले औपचारिक रुपमा बैठक सुरु भएको घोषणा गरे लगत्तै दुई दलका सांसदहरूले उठेर विरोध गरेका गरे । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्नका लागि समय दिएका थिए ।

सभामुखले समय उपलब्ध गराएसँगै रास्वपा सांसद नेपाललीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताएका हुन् ।

क्रमशः सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएसम्म विरोध जारी राख्ने बताए ।

सभामुख घिमिरेले उपलब्ध गराएको समयमा आफ्ना भनाइहरु राखिसकेपछि दुवै दलका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया