२०८२ असार १३

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार विहान ९ बजे बस्ने गरी रास्वपाले संसदीय दलको बैठक आह्वान गरेको छ ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग राखेर संसद अवरुद्ध गर्दै आएको रास्वपाले अहिले बनेको छानबिन समितिसँग असन्तुष्टि प्रकष्ट गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ भने बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ ।
रास्वपाले विगत पछिल्ला केही दिनदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै संसदमा विरोध तथा वहिष्कार गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया