रास्वपा सचिवालयको बैठक बस्दै, प्रस्तावित मुख्य १० विषयमाथि छलफल हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
1.9k views

ललितपुर - ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

आजको बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनलगायतका मुख्य १० विषय छलफलका निम्ति प्रस्ताव गरिएको छ ।

      छलफलका निम्ति प्रस्तावित मुख्य १० विषय–
      १. प्रत्यक्षतर्फको उमेदवारी दिने अन्तिम मिति ।
      २. उमेदवार सिफारिस उपसमिति विस्तार ।
      ३. पार्टी समायोजन उपसमिति विस्तार ।
      ४. केन्द्रीय समिति विस्तार ।
      ५. निर्वाचन परिचालन समिति गठन ।
      ६. समानुपातिक उमेदवारको परिचालन कार्यविधि ।
      ७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि ।
      ८. प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम ।
      ९. जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम ।
      १०. स्थानीय तह उमेदवार क्लब गठन ।

       पात्रो/राशिफल  रेडियो YouTube