२०८२ फाल्गुन ६ | Feb 18, 2026

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २९
|
408 views

काठमाडौँ २९ माघ २०८०-सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको
छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य १४,४९९ रहेको छ ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ। यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्छ ।७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा
अलग स्टाइल प्रदान गर्दछ ।

३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ जसले गर्दादिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन ।
रियलमी सि ५१ मा ४ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४
इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ ।
अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ४+१२८
जीबी भेरिएन्टको रियलमी सि ५१ आकर्षक च्याम्पियन गोल्ड कलरमा १४ हजार ४ सय ९९ मा उपलब्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया