रिलायन्स स्पिनिङ्ग मिल्सको त्रैमासिक नाफा ८ करोड ६७ लाख

काठमाण्डौ २  मंसिर २०८१ 

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीले पहिलो त्रैमासमा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। सोही अवधिमा २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा र २० करोड ३१ लाख ३० हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको छ। कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपैयाँ पुगेको छ।

वित्तीय खर्चतर्फ कम्पनीले असोज मसान्तसम्ममा १० करोड ४३ लाख ७४ हजार रुपैयाँ खर्च गरेको छ।

रिलायन्स स्पिनिङ्गको चुक्ता पूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ रहेको छ।

Advertisement

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) १९ रुपैयाँ ९५ पैसा पुगेको छ।

यी आर्थिक परिणामहरूले कम्पनीको वित्तीय स्थितिमा मजबुती देखाएको छ भने नाफा र आम्दानीका सूचकहरूले सकारात्मक प्रदर्शन प्रस्ट्याउँछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया