२०८२ फाल्गुन ६ | Feb 18, 2026

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १८
|
1.4k views

ललितपुर । आज रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको हो।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको १८ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। यस अनुसार १८ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया