रिलायबल नेपाल लाइफको लाभांश घोषणा

काठमाडौं २९ पौष २०८०।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्बको आधारमा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया