रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो एक करोड दुइ लाख दाबी भुक्तानी
काठमाण्डौ २३ कार्तिक २०८० ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । रिलायबलबाट ०७८-०७-२९ मा ५० लाख बराबरको बिमालेख खरीद गर्नु भएका प्रदिप ज्ञवालीको ०८०-०१-२४ गते दुर्घटनाको कारणबाट मृत्यु भएकोमा इन्स्योरेन्सले ०८०÷०७÷१९ मा मृतकी आमा टिका कुमारी घिमिरेलाइ रु एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।
उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया