
ललितपुर । रिलायबल लाइफ इन्स्योरेन्स ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १५ गते स्थापना भएको कम्पनी हिजोबाट नवौं वर्षमा प्रवेश गरेको हो ।
स्थापनाको ८ वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले नियामक निकाय, संस्थापक, अभिकर्ता, बीमित, पत्रकार, कर्मचारी लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरैले नाफा बढाएको थियो। सो अवधिमा कम्पनीको खुद नाफा ४७.२६ प्रतिशतले बढेर ५७ करोड २ लाख पुगेको छ। जुन प्रतिशतको आधारमा जीवन बीमा कम्पनी मध्ये कै सबैभन्दा उच्च वृद्धि हो।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब २० करोड रहेको छ भने शेयर प्रिमियममा १ अर्ब ३९ करोड रहेको छ। कम्पनीको जीवन बीमा कोष १३ अर्ब ६३ करोड रहेको छ। कम्पनीले १९ अर्ब २९ करोड बराबरको लगानी गरेको छ भने ५ अर्ब ३ करोड खुद प्रिमियम संकलन गरेको छ।
कम्पनीको प्रति शेयर आम्दानी १०.९७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४७.४७ रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया