२०८२ फाल्गुन ६ | Feb 18, 2026

रु. २०००, ५०० र २०० का भारतीय नोट नेपालभित्र कारोबार गर्न पूर्ण प्रतिबन्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ११
|
867 views

ललितपुर । नेपाल राष्ट्र बैंकले रु. २०००, ५०० र २०० का भारतीय नोट नेपालमा कारोवार गर्न प्रतिबन्ध लगाएको छ । बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने व्यवस्थालाई पुनःस्मरण गराउँदै यस्तो निर्णय गरेको हो ।

राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँको हकमा सो बराबर रकम, र अन्य विदेशी मुद्रामा समेत अमेरिकी डलर ५,००० बराबर) भन्सार घोषणा विना नेपालमा ल्याउन सक्ने व्यवस्था छ। तर, सो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्ने हुन्छ।

राष्ट्र बैंकले यसअघि नै मिति २०७५र०३र३२ र २०७५/१२/२६ मा सूचना प्रकाशित गरी जानकारी गराए पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार यसपटक फेरि पुनः प्रकाशन गरेको छ।

यसैगरी सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय रुपैयाँ ५०० र १००० का नोट अब कारोबार गर्न नपाइने र हाल चलनमा रहेका भारतीय रुपैयाँ २००, ५०० र २००० का नोट पनि नेपाल भित्र्याउन, ओसार–पसार गर्न वा कारोबार गर्न प्रतिबन्धित रहेको बैंकले स्पष्ट पारेको छ।

यस्तै नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा ल्याउन नपाइने व्यवस्था पनि यथावत् रहेको राष्ट्र बैंकले स्मरण गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया