२०८२ बैशाख १९

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने २ सय बढी गाडीलाई नुवाकोटका स्थानीय बासिन्दाले रोकेका छन् । काठमाडौबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीय बासिन्दाले रोकिदिएका छन् ।
काठमाडौंबाट फोहोर बोकेर गएका करिब २ सय भन्दा बढी गाडीलाई स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका १ मा रोकिदिएका हुन् ।
नुवाकोटका स्थानीयले काठमाडौंको बालाजुमा तरकारी बेच्न ल्याएको बेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले धरपकड गरेको भन्ने आरोपमा स्थानीयले फोहोरको गाडी रोकेका हुन् ।
काठमाडौंबाट फोहोर बोकेर गएका सबै गाडी रोकिएको र दुई पक्षबीच वार्ता भइरहेको जानकारी महानगरका वातावरण विभाग प्रमुखले दिएकी छन् ।
काठमाडौंबाट दैनिक २ सय भन्दा बढी फोहोरको ट्रक बञ्चरेडाँडा ल्यान्ड फिल साइटमा जाने गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया