२०८२ भाद्र ६ | Aug 22, 2025

लखनउलाई घरेलु मैदानमा पराजित गर्ने पञ्जावको प्रयास जारी

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सका बीचमा खेल हुँदैछ ।

एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोली लखनउ र पञ्जाबबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । यसपटक लखनउलाई उसैको घरेलु मैदानमा पराजित गर्ने पञ्जावको ठूलो प्रयास रहनेछ । यतिबेला पञ्जाब लगातार दोस्रो जितको खोजीमा छ ।

यसअघि पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ । यस्तै, लखनउ भने आफ्नो तेस्रो खेल खेल्दैछ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

लखनउ र पञ्जाबबीच हालसम्म ४ खेल भएको छ । ३ खेल लखनउले र १ खेल पञ्जाबले जितेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया