२०८२ आश्विन १६ | Oct 02, 2025

लगातार तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
867 views

ललितपुर। गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शन र त्यसले निम्त्याएको ध्वंसात्मक घटना पश्चात् विहीबार खुलेको सेयर बजारमा लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित भएको छ ।

विहीबार प्रि ओपन सेसनमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ पुनः खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ ः २३ बजे नै दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि फेरि कारोबार स्थगित भयो । १२ ः ०४ बजे फेरि खुलेको शेयर बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भयो ।

लगाता तीनपटक सर्किट ब्रेक लाग्दा ६ प्रतिशतले घटेको नप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । विहीबारको बजारमा कुल करिब ४ मिनेट मात्रै कारोबार भयो ।
यो समयमा रु. ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया