लगातार बढ्न थाल्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १६
|
9.9k views

ललितपुर - ललितपुर । नेपाली बजारमा सुनको मूल्य शुक्रबारदेखि पुनः वृद्धि हुन थालेको छ । आज (आइतबार) पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार र ५ रुपैयाँले घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube