लघुकथा केन्द्र नेपालद्वारा दुई लघु कथा संग्रह एकसाथ विमोचन

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २१
|
459 views

ललितपुर - जयराम बिडारी

काठमाण्डौ २१ माघ २०८० -हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा इन्दिरा चापागाईको लघुकथा ‘अन्त्यहीन परिधि’ तथा रुद्र अधिकारी ‘निदोर्षी’ द्वारा सिर्जित ‘दृष्टि’ गरी दुई लघुकथासङ्ग्रह एकसाथ विमोचन गरेको छ ।रोयल ब्याङ्क्वेट तीनकुनेमा एक भव्य कार्यक्रमको आयोजना गरि बरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थको प्रमुख आतिथ्यमा केन्द्रका उपाध्यक्ष डा शेखरकुमार श्रेष्ठको सभपतित्व का साथै बरिष्ठ लघुकथाकार डा। हरिप्रसाद भण्डारी, सिर्जना अभियान समाजका अध्यक्ष ध्रुव मधिकर्मी अन्त्यहीन परिधि लघुकथाका सर्जक इन्दिरा चापागाईं र चापागाईँका गुरु लक्ष्मीप्रसाद दाहालले संयुक्त रूपमा दुई कृतिको विमोचन गरेका थिए ।

उक्त अवसरमा मनीषकुमार शर्मा ‘समित’द्वारा स्वागत मन्तव्य राखेका थिए भने विशिष्ट अतिथि डा। हरिप्रसाद भण्डारी, साहित्यकार ध्रुव मधिकर्मी तथा प्रमुख अतिथि मोहनबहादुर कायस्थले लघुकथाको मानक सिद्धांत हुनुपर्ने कुरामाा जोड दिंदै दुवौ कृतिका सर्जकहरलाई कृति सफलताको शुभकामना व्यक्त गरेका थिए।

कृति सार्वजनीकरणपछि स्रष्टा इन्दिरा चापागाईंले आजका दिनसम्म आफ्नाा सिर्जना रहेको र लोकार्पण पश्चात अव समाजको नासोको रुपमाा सुम्पिएकोले आफ्ना कृति लोकार्पण समारोहमा साक्षी बसिदिन उपस्थित महानुभावहरुमा धन्यवाद व्यक्त गरेकी थिइन् भने अर्का कृतिकार रुद्र अधिकारी ‘निर्दोषी’ले बेलायतको लन्डनबाट भिडियो कल मार्फत उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्दै अग्रज पुस्ताको सार्थक साथ र सहयोगले आफ्ना कृति सार्वजनिकिकरणको चरणमा आइपुगेकोले पाठकहरुलाई यसमा रहेका कतिपय कमि कमजोरी औल्याईदिनु भएमा आगामी अझै परिस्कृत रुपमा क्रियाशील रहन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

मन्दिरा चापागाईंद्वारा कुशलता पूर्बक संचालन गरिएको उक्त कार्यक्रममा शेखर अर्याल, ज्ञाननिष्ठ ज्ञवाली मन्दिरा मधुश्री ,धीरकुमार श्रेष्ठ, निर्मला बराल, रामकुमार पण्डित, विनोद नेपाल यमुना प्रधानाङ्ग ममता मृदुल लगायत सयौंको संख्यामा साहित्यकार एवम् साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।

 पात्रो/राशिफल  रेडियो VIDEO YouTube