|
|
२०८२ मंसिर १५
1.6k views
ललितपुर । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाखसम्म पुर्याएको छ । यसअघि लघुवित्तले धितोमा ७ लाखसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था गरिएको थियो ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीको कर्जा भुक्तानीमा परेको समस्यालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गरेको छ ।
वित्तीय प्रणालीमा तरलता चुलिनु, बैंकको ब्याजदर घट्दै जानु र बैंक तथा वित्तीय संस्थामा भएका अधिक तरलता परिचालनका लागि राष्ट्र बैंकले लघुवित्तहरुलाई कर्जाको सीमा बढाएको हो ।













फेसबुकबाट तपाईको प्रतिक्रिया