२०८२ फाल्गुन ६ | Feb 18, 2026

लालबन्दी वाङ्मय परिषद्को अध्यक्षमा पुनः अच्युत अधिकारी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९
|
255 views

लालबन्दी । लालबन्दी नगरपालिकाले स्थानीय भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवर्द्धनका लागि स्थापना गरेको लालबन्दी नगर वाङ्मय परिषद्को अध्यक्षमा पुनः अच्युत अधिकारी चयन भएका छन्।

शनिबार सम्पन्न परिषद्को दोस्रो अधिवेशनले अधिकारीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा राजेश्वरी काफ्ले, सचिवमा सुमन घिमिरे, कोषाध्यक्षमा विवश पौडेल चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा क्रमशः रीता कोइराला, सूर्यप्रसाद बराल, टीकाराम श्रेष्ठ, सुमित्रा आचार्य, रामहरि बराल र रामदरेश महतो छन्।

अध्यक्ष अधिकारीका अनुसार परिषद्को तीन जना सदस्य नगर प्रमुखले मनोनयन गर्ने र एकजना सदस्य नगरपालिकाले तोक्ने व्यवस्था छ। उनले यो परिषद् नगरकै सांस्कृतिक धरोहर जोगाउन महत्त्वपूर्ण हुने बताएका छन्।

शनिबार सम्पन्न अधिवेशनमा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारी र क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलगायतको आतिथ्यता थियो।

कार्यक्रममा नगर वाङ्मय परिषद्लाई सहयोग गर्ने विप्रहरि दाहाल, कुमार दाहाल, कवि सुवेदी, तथा नगरपालिकाको लोगो बनाउने कोमलप्रसाद गौतम र अन्य संघसंस्थालाई सम्मान गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया