२०८२ भाद्र ६ | Aug 22, 2025

लासबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २५
सांकेतिक तस्वीर

ललितपुर। पशुपति आर्यघाटमा जलाउन लागिएको लासबाट मासु र हड्डी निकालेको आरोपमा काठमाडौंको गौशलाबाट एक जना पक्राउ परेका छन् ।

पशुपति आर्यघाटमा शव जलाउने काम गर्ने एकजना व्यक्तिमाथि लासको मासु र हड्डी निकालेको आरोप लागेको छ । उनी लामो समयदेखि पशुपति आर्यघाटमा लास लगाउने एकजना ब्राम्हण रहेको प्रहरीले बताए पनि उनको नाम भने खुलाइएको छैन । अहिले उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीमाथि काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका व्यक्तिको लासबाट मासु र हड्डी निकालेको आरोप मृतकका आफन्तले लगाएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । शव जलाउने काम गर्ने ब्राम्हणविरुद्ध राम शाहीका आफन्तले प्रहरीमा निवेदन दिएपछि उनीमाथि अनुसन्धान थालिएको हो ।

उनीमाथि मृतकका आफन्तले लासको मासु र हड्डी निकालेर बेच्ने गरेको आरोप लगाएका छन् तर उनले कहाँ लगेर के प्रयोजनका लागि बेच्छन् भन्ने केही नखुलेका कारण घटनाको पुष्टि भइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया