लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाण्डौ १४ साउन २०८१ -श्री लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२करोड ५०लाख – रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००÷– दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मिति २०८१ भाद्र ९ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. मिति २०८०÷०५÷०१ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८०÷०९÷०६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया