लुम्बिनी विकास बैंक द्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २४
|
867 views

ललितपुर -

ललितपुर । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आउका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले सम्मान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उनलाई दोसल्ला र सम्मान पत्र बाट सम्मान गरेका थिए ।
कार्यक्रममा उनले यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१ औं पटक

      आरोहण गरेको जानकारी दिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube