२०८२ आश्विन १६ | Oct 02, 2025

लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६
|
918 views

ललितपुर

लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड

ले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिनुभएको छ । नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न उठ्न नसक्ने गरी अडिट गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लेखापरीक्षण प्रक्रियाको गुणस्तर, निष्पक्षता र पारदर्शिताप्रति राष्ट्रिय चासोलाई प्रतिविम्बित गर्छ । अडिट रिपोर्टहरूमा प्रश्न उठ्नु भनेको रिपोर्टको असक्षमता मात्र होइन, सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको सङ्केत हो । त्यसैले लेखापरीक्षकहरूले तथ्यमा आधारित र व्यापक अडिट प्रक्रिया अपनाउनुपर्छ ।” सार्वजनिक खर्चमा निगरानीको आवश्यकता रहेको बताउँदै उहाँले सार्वजनिक विद्यालय र खरिद प्रणालीमा भएको खर्चको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दियो । उहाँले भन्नुभयो, “सरकारको बजेट र नीति कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने मूल्याङ्कन अडिट प्रणालीमार्फत गर्न सकिन्छ र यो प्रक्रिया थप मजबुत बनाउनुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्रका लागि सकारात्मक एवं उत्साह थप्ने खालको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साह थपेको छ । अहिले बजेटले निजी क्षेत्रलाई काम गर्न अझै हौसला प्रदान गरेको छ । हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।” कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन (अडान)का अध्यक्ष केदारनाथ पौडेल, संस्थापक अध्यक्ष कमल खरेललगायतले अडानको सातौँ राष्ट्रिय महाधिवेशन सफलताको कामना गर्दै अडिटर्सहरू जिम्मेवार भएर कर्तव्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया