लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यकः नेता पौडेल

काठमाडौँ २१ फागुन

विराटनगर-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले निर्वाचन चाहेकाले तराई–मधेससहित मुलुकभर निर्वाचन हुने बताए।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे।  उनले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न र लोकतन्त्र र सङ्घीयतालाई बचाउनका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको स्पष्ट पारे।

नेता पौडेलले मधेसी मोर्चालाई निर्वाचनको प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै सङ्घीय लोकतन्त्रको रक्षाका लागि मोर्चालाई निर्वाचनमा अनिवार्य रुपमा सहभागी हुन आग्रह गरे। पत्रकारको जिज्ञासामा उनले प्रजातन्त्रमा कुनैपनि दललाई निर्वाध रुपले कार्यक्रम गर्न पाउने अधिकार भएकाले कुनै पनि दलको कार्यक्रमलाई बिथोल्ने अधिकार कसैलाई नभएको बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया