२०८२ फाल्गुन ६ | Feb 18, 2026

लोडसेडिङ कसैको चमत्कारले अन्त्य भएको होइन: प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १२
|
663 views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौ लगाएर आयोजना निर्माण गरेर सोही अनुरुप काम गरेकै कारण मुलुकमा लोडसेडिङको अन्त्य भएको बताएका छन् ।

आज (मंगलबार) बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोडसेडिङको अन्त्य कसैका चमत्कारले नभइ वर्षौं लगाएर गरिएका कामले भएको बताए।

प्रधानमन्त्री ओलीले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो किरु भन्दै प्रश्न गरे। कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरे।

उनले अहिले सरकारको नेतृत्व आफूले गरे पनि केही समयपछि सरकारको नेतृत्व कांग्रेस सभापतिले लिने बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए। अहिलेको ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसको पूरापूर सहयोग रहने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया