२०८२ जेष्ठ ७

ललितपुर । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको जानकारी गराएका छन् ।
उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरुभएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको जानकारी दिएका हुन् ।
बैठकमा मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लामात्र भएको भन्दै गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया