
ललितपुर । नेपाल वायुसेवा निगमले वाइडवडी इन्जिन मर्मतमा चलखेल भएको भन्ने केहि सञ्चार माध्यममा प्रकाशित समाचारमा सत्यता नभएको बताएको छ । निगमका प्रवक्ता सुवास डाँगी र प्रविधिक प्रवक्ता मनोज कुमार शाहद्वारा जारी सयुक्त बिज्ञप्तीमा ८ अर्वको टेण्डरको प्रक्रिया संझौता बारे बँुदागत रुपमा प्रष्ट्याउदै समाचारमा आए जस्तो नभएको उल्लेख छ ।
सञ्चालनरत २ वटा वाइडवडी बिमानहरुको चारवटै इन्जिनहरु निकट भविष्यमा मर्मत सम्भार अनिवार्य रुपमा गर्नुपर्ने हुँदा सोको लागि कार्यकारी अध्यक्षले सिएएम विभागका निर्देशक महेशकुमार मरिताको संयोजकत्वमा फागुन १० गते सोही इन्जिनहरुको मर्मत सम्भारको साथ इन्जिन लिजमा लिन टेन्डर प्रक्रियाको लागि एक उपसमिति बनाई काम भईरहेको उल्लेख गरिएको छ ।
त्यसैगरी वाइडबडी बिमानमा भएका इन्जिनहरु रोल्स रोयज निर्माता कम्पनी ओर्जिनल इक्युपमेन्ट मेनुफ्याक्चरकै भएको र सोको मर्मत निगमको लागि पहिलो समेत भएको हुँदा यस्तो जटिल प्रकृतिको प्राविधिक विषय एवं मर्मतका लागि प्राविधिक जानकारी संकलन, मर्मत कार्यको समय र लागत आंकलन तथा बजार व्यवस्थापनको तयारी गर्न मात्र उक्त छलफल गरिएको बिज्ञप्तीमा उल्लेख छ । इन्जिनहरुको मर्मत कार्यमा ठूलो धनराशीको लगानी आवश्यक हुने हँुदा अनुभव संकलन तथा प्राविधिक पक्षहरुको जानकारीका लागि समेत निर्माता कम्पनीसँग सरसल्लाह गरी परिपक्व निर्णय लिई टेन्डर प्रक्रियामा जान सहज हुने निक्र्याैल निकालिएकोले २९ अप्रिलमा उक्त कम्पनी संग सँग विधिवत् रुपमा छलफल गर्न निगमको टोली सिंगापूर गएको भन्दै उक्त अफिसियल भिजिटमामा अन्य व्यवसायिक कार्यहरु पनि जोडिएकोले मलेसियास्थित विभिन्न निकायमा छलफल एवं बैठक गरिएको प्रष्टयाइएको छ ।
त्यसैगरी ए ३३० वाडबडि जहाज मर्मत सम्भारमा लाग्ने समयको आँकलन गरी सोही अनुसारको उडान सेड्युलिङ्ग गरी बजार व्यवस्थापन गर्न÷गराउन उक्त बैठकमा निगमको बजार व्यवस्थापन विभागका निर्देशकको उपस्थिति भएको तथा रोल्स रोयज सँगको छलफलमा अन्तर्राष्ट्रिय कानूनी जटिलताको गम्भिर अध्ययन गर्नुपर्ने भएकोले वरिष्ठ कानूनी सल्लाहकारको समेत सहभागीता भएको उल्लेख छ । उक्त भ्रमणको समयमा क्याम विभागको निर्देशक मरिता निगमको ए ३२० जहाजको सि चेकको सिलसिलामा चीनको सेनयाङमा गएकाले क्याम विभागका जिम्मेवार पदाधिकारी निमित्त निर्देशक ज्ञान बहादुर कुँवर निगमको टोलीमा संलग्न भई रोल्स रोयज सँग सिंगापुरमा भएको छलफलमा सहभागीता जनाएको बिज्ञप्तीमा उल्लेख छ ।
सोही भ्रमणमा निगमको सिड्नी सेड्युल उडान तयारीको लागि सिंगापुरमा टेक्निकल ल्यान्डिङ गर्न÷यात्रुसेवा दिने प्रयोजनार्थ सिंगापुरमा समेत बैठक गरिएको , निगमले लिज सहितको इन्जिन मर्मत सम्भार गर्न उपसमितिले टेण्डर पत्र तयार गरी बोलपत्रको माध्यमबाट इन्जिन लिज सहित मर्मत सम्भारको प्रक्रिया प्रकाशित गर्न अन्तिम चरणमा पुगेको उल्लेख गर्दै निगमले पारदर्शीता एवं स्वच्छ प्रतिस्पर्धा कायम राख्नकै लागि इन्जिन मर्मत सम्भार तथा लिजमा लिन टेन्डर प्रक्रियाको लागि काम भईरहेको जानकारी गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया