वाईवाईले नेपालमा आईपीओ जारी गर्ने

काठमाडौं ४ बैशाख २०८१

वाई वाई चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले सर्वसाधारणलाई पनि शेयर जारी गर्ने भएको छ । आईपीओ निष्काशन गरेर कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको हो ।

सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आईपीओ ल्याउने तयारी भईरहेको जानकारी दिए। उनले भने ‘वाईवाई चाउचाउलाई नेपालमा आईपीओमा लैजाने योजनामा रहेको कुरा सार्वजनिक गर्न पाउँदा पाउँदा खुसी र अति उत्साहित छु’।

कम्पनीले २ वर्ष भित्र आईपीओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीको काठमाडौँ, नवलपरासी, बर्दिया र सुनसरीमा रहेको फ्याक्ट्रीबाट वाईवाई उत्पादन हुदै आएको छ । नेपालमा उत्पादित वाई वाई ३० देशमा निर्यात हुन्छ ।

चौधरीको भारतमा रहेको सिजी फुड्स इन्डियाले भारतमा पनि वाई वाई उत्पादन गरिरहेको छ । सो कम्पनीले पनि भारतमा आईपीओ जारी गरेर त्यहाँको शेयर बजारमा सुचिकृत हुने योजना बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया