
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
आज (आइतबार) मध्यान्न १२ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उदघाटन गर्दै कार्यक्रमको शुभारम्भ गरेका छन् ।
भोलीसम्म अथात् जेठ १९ गते सम्म हुने सम्मेलनबाट भावी नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवबाट माधव बस्नेत, डम्बर पुलामी, गणेश शाही ‘विद्रोही’ लगायत आकांक्षी रहेका छन् । महासचिवभन्दा माथिका लगभग सबै ४० वर्षे उमेरहदका कारण पदाधिकारीबाट बाहिरिँदैछन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ ।
सम्मेलनमा देशभरबाट हजारौंको संख्यामा पर्यवेक्षण तथा प्रतिनिधि सहभागी भएका छन् । २०७४ मा दोस्रो सम्मेलन गरेको वाईसीएलले आठ वर्षपछि यो तेस्रो सम्मेलन गर्न लागेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया