|
|
२०८२ असार ३१
204 views
ललितपुर - सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्ले वर्ष २०८२ को पुरस्कारका लागि पुस्तक माग गरेको छ। पुस्तक प्रकाशन गृह तथा लेखकहरूलाई सम्बोधन गरी पुस्तक माग गरिएको हो ।
परिषद्ले राष्ट्रियस्तरको पुरस्कारका लागि रु.५० हजार र स्थानीय पुरस्कारका लागि रु.२५ हजार रूपियाँ राशिको पुरस्कार तोकेको छ।
साथै, गत वर्षबाट नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका राष्ट्रिय व्यक्तित्वहरूमध्येका १ जनालाई समेत रु.५० हजारसहित ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी गराए।
लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ राष्ट्रिय तथा स्थानीयस्तरमा प्रदान गर्दै आइरहेको छ।


बिजनेस पाटी