२०८२ आश्विन १६ | Oct 02, 2025

वाणिज्य बैंकको कर्जाको ब्याजदर ८.११ प्रतिशत

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८
|
51 views

ललितपुर । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर रुपमा घटिरहेको छ । अझ वाणिज्य बैंकहरुले त कर्जाको ब्याजदर समेत निरन्तर घटाइरहेका छन् । वैशाख महिनामा मात्र वाणिज्य बैंकहरुले कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा झारेका छन् ।

चालु आर्थिक वर्षको चैत महिनामा कर्जाको ब्याजदर ८.२२ प्रतिशत थियो। वैशाखमा आएर ८.११ प्रतिशतमा झर्यो । २०८१ को वैशाख महिनामा वार्णिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १०.३४ प्रतिशत थियो। यसलाई आधार मान्दा पछिल्लो यो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जाकै ब्याजदर २.२३ प्रतिशत विन्दुले घटेको देखिन्छ ।

यतिबेला वाणिज्य बैंकहरुको आधारदर ६.१७ प्रतिशतमा आएको छ। गत वर्ष वैशाखमा वाणिज्य बैंकको आधारदर औसतमा ८.३४ प्रतिशत थियो। चैतमा यस्तो दर ६.२९ प्रतिशत थियो। वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर भने ४.३७ प्रतिशतमा आएको छ। अघिल्लो आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकको निक्षेपको ब्याज औसतमा ६.३५ प्रतिशत थियो।
बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो तीन वर्षदेखि निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाइरहेका छन् त्यसले कर्जाको ब्याज समेत घटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया