वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

०२ असार २०८१।

वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

जेठ महिनामा औषतमा ६.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८७ प्रतिशत विन्दुमा झरेको छ। असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर ०.१२ प्रतिशत विन्दु घटेको हो। त्यस्तै, बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१२९ प्रतिशतविन्दु घटेको छ।

असार महिनाको लागि २० वाणिज्य बैंकमध्ये ११ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । जसमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा झरेको छ।

यसैगरी, एभरेष्ट बैंकले ५.७५, लक्ष्मी सनराईज बैंकले ६.५० र कुमारी बैंकले ६.७६ प्रतिशत ब्याजदर घटाएका छ्न् । प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र नेपाल बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिंदै स्थिर राखेका छन् ।

ADVERTISEMENT

जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन्। ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन्। जसमध्ये हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतविन्दु ब्याजदर बढाएको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया