२०८२ आश्विन १६ | Oct 02, 2025

वाणिज्य विभागद्धारा चार व्यापारिक फर्मलाई जरिवाना

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २२
|
153 views

काठमाडौं  । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार व्यापारिक फर्मलाई जरिवाना गरेको छ । उक्त फर्मलाई मूल्य र नापतौलमा हेरफेर गरेको आरोपमा कुल ६ लाख २५ हजार रुपैयाँको जरिवाना गरेको हो।

आइतबार गएको विभागको अनुगमन टोलीले विभिन्न फर्महरूको निरीक्षण गर्दा यस्ता अनियमितता पत्ता लगाएपछि यी फर्महरूलाई कारबाही गरेको हो।

अनुगमन टोलीले जेजे एक्जिम प्राइभेट लिमिटेड (टौदह) लाई खाद्य वस्तुमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण र मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँको जरिवाना गरिएको छ। फर्मलाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यस्तै, मणिक गंगा इन्टरप्राइजेज ९स्वयम्भू० लाई पनि सोही कारणले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। यसबाहेक, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (धुम्बाराही) लाई पनि २ लाख रुपैयाँको जरिवाना ठोकिएको छ, यसले पनि नापतौल र मूल्यमा हेरफेर गरेको पाइएपछि कारबाही गरिएको हो। श्रीपा स्टोर (मदिरा र सुर्तीजन्य पसल) लाई १५ हजार रुपैयाँको जरिवाना गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निरीक्षण टोली खटाई ९ वटा व्यापारिक फर्महरूको अनुगमन गराएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया