२०८२ भाद्र ६ | Aug 22, 2025

विकाश हाइड्रोपावरको आईपीओ आइतबार गोलाप्रथाबाट बाँडफाँट हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २८

ललितपुर । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ भोलि आइतबार बाँडफाँट हुने भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलले भोलि बिहान ९ बजे शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।


कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा २१ लाख २० हजार ८ सय ७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार १ सय १० कित्ताको लागि आवेदन दिएका छन् ।


कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया