२०८२ आश्विन १६ | Oct 02, 2025

विद्युत् प्राधिकरणले महसुल नबुझाउने ४९ उद्योगको लाइन काट्यो

BusinessPati बिजनेस पाटी
|
२०८१ कार्तिक ९
|
102 views

काठमाडौँ, ०९ कात्तिक २०८१।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेको छ।

प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो, जुन समयसीमा आज सकिएको छ। तोकिएको समयमा पनि महसुल नबुझाएपछि सबै उद्योगको लाइन काटिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

आज बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगहरूको लाइन काट्न नहुने धारणा राखे पनि बैठकले महसुलबारे कुनै ठोस निर्णय लिन सकेको थिएन।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगहरूले महसुल बुझाउनैपर्ने आवश्यकतामा जोड दिएका छन्। उनका अनुसार लामो समयदेखि महसुल नबुझाएका उद्योगहरूमाथि कारबाही गर्नैपर्ने अवस्था आएको हो।

Advertisement

फेसबुकबाट तपाईको प्रतिक्रिया