२०८२ असार ११

ललितपुर । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरस्थित गोदावरीमा हुने विधान महाधिवेशनको तयारी गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आगामी साउन ५ गते बस्ने भएको छ ।
आजको सचिवालय बैठकले केन्द्रिय कमिटीको बैठक तय गर्दै साउन २ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय पनि गरेको छ ।
केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार गरेर छलफलका लागि तल्ला कमिटीमा लैजाने एमालेले जनाएको छ ।
विधान संशोधन प्रस्तावको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गर्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव राख्नेछन् । संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया