२०८२ फाल्गुन ६ | Feb 18, 2026

विमान दुर्घटनापछि घट्यो बोइङको सेयर

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०
|
306 views

न्युयोर्क । प्लेन निर्माता बोइङका सेयरहरू बिहीबार अमेरिकी प्रि-मार्केट कारोबारमा घटेका छन्। भारतको पश्चिमी सहर अहमदाबाद नजिक एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि यस्तो गिरावट आएको हो।

उक्त विमानमा २०० भन्दा बढी यात्रु सवार थिए। एयर इन्डियाका अनुसार दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन।

एयर इन्डियाका अनुसार विमान बेलायतको गेटविक विमानस्थलतर्फ उडिरहेको थियो। प्रहरीका अनुसार विमान विमानस्थलनजिकैको नागरिक बस्तीमा खसेको हो। दुर्घटनापछि बोइङको सेयर मूल्य ७।८५ ले घटेर प्रि(मार्केट ट्रेडिङमा १९७।३ डलरमा झर्‍यो। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया