२०८२ फाल्गुन ६ | Feb 18, 2026

विराटनगरमा कियाको नयाँ सोरुम सञ्चालनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १३
|
204 views

ललितपुर । विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाको नयाँ सोरुम विराटनगरमा पूर्ण रूपमा सञ्चालनमा आएको छ। नेपालका लागि कियाका अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा।लि।ले नयाँ ‘किया सीआई २।०’ मापदण्ड अनुसार सोरुम सञ्चालनमा ल्याएको हो।

सो उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख पदाधिकारीहरू अटो डिभिजनका असिस्टेन्ट जनरल म्यानेजर मञ्जीत कुमार पोखरेल, काठमाडौं गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र विराटनगर शाखाका शोरुम इन्चार्ज कुशल लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पोखरेलले पूर्वी क्षेत्रको बजारलाई लक्षित गर्दै विराटनगरमा कियाको पकड विस्तार गर्न सोरुम स्थापना गरिएको बताए।

नयाँ सोरुममार्फत नेपालमा उपलब्ध कियाका सबै प्रकारका इन्धन र विद्युतीय सवारीसाधन बिक्रीमा उपलब्ध हुने छन्। ग्राहकलाई थप आकर्षित गर्न कम्पनीले असार १४ देखि १६ सम्म “किया फ्लाश एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ। उक्त क्याम्पमा जुनसुकै पुरानो गाडी साटेर नयाँ कियाको गाडी खरिद गर्न सकिनेछ, जहाँ पुराना गाडीको मूल्यांकनमा विशेष अफर प्रदान गरिने कम्पनीले जनाएको छ।

क्याम्प अवधिमा बुकिङ गरिने गाडीमा कम्पनीले पहिलो वर्षको सम्पूर्ण बीमा र सडक कर आफैं बेहोर्ने घोषणा गरेको छ। साथै, गाडी खरिदकर्ताका लागि बैंक तथा वित्तीय संस्थामार्फत सहज किस्ताबन्दीको व्यवस्था पनि गरिएको छ। ग्राहकहरूले क्याम्पमा कियाका चर्चित मोडेलहरू नयाँ फेसलिफ्ट ‘सेल्टोस’, ‘सोनेट’ र ‘कारेन्स’ को सन् २०२५ मोडलको टेस्ट ड्राइभ समेत गर्न सक्नेछन्।

नेपालमा ३० वर्षदेखि कियाका सवारी साधनले आफ्नो उपस्थिति जमाएका छन्। विश्वबजारमा व्यापक लोकप्रियता कमाएका कियाका इन्धन र विद्युतीय दुबै खालका गाडीहरू अब विराटनगरमा समेत सहज रूपमा उपलब्ध हुने भएकाले कम्पनीले सोरुममार्फत पूर्वी क्षेत्रका ग्राहकलाई सेवा दिन थप सजिलो हुने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया