२०८२ फाल्गुन ६ | Feb 18, 2026

विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई रास्वपाले आग्रह गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ६
|
255 views

ललितपुर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन आयोगलाई विवरण अद्यावधिक गर्न आग्रह गर्ने भएको छ । आयोगको विवरणमा विसं २०८० चैत २० पछि रास्वपाको केन्द्रीय सदस्यका पदाधिकारी तथा सदस्यको हेरफेर भएपनि अद्यावधिक नभएको रास्वपाले जनाएको छ । रास्वपाले पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ साउन १७ गते निर्वाचन आयोगसँगैकै परामर्शमा निवेदन पेस गरेको प्रवक्ता झाले जानकारी दिनुभयो । “पार्टीका तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सोसम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ”, कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, “अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया