२०८२ जेष्ठ १

ललितपुर । पर्यटन विभागले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सगरमाथा आरोहणको अनुमति दिएको छ । विभागले बिहीबार शर्मालाई आरोहण अनुमति दिने निर्णय गरेको हो ।
गत वैशाख २१ मा आधार शिविरतर्फ लागेका शर्माले तेङबोचे आधार शिविरमा पुगेर आरोहणको पूर्वाभ्यास गरिरहेका छन् ।
गाइडको निर्देशनबमोजिम उनी अब थप अभ्यासमा सहभागी हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया