विश्वभरीको शेयर बजार नयाँ उचाइमा

एजेन्सी ०४ फागुन २०७७।

कोरोना महमारीका कारण लगातार गिरावट देखिएको विश्वभरीको अर्थतन्त्रमा अमेरिकामा नयाँ राहत प्याकेजको कारण विश्वभरको शेयर बजारमा नयाँ रेकर्ड देखिएको छ । कोरोनाको खोपको पनि सकारात्मक प्रभाव भएको छ । अर्कोतर्फ मध्य पूर्वमा तनावका कारण कच्चा तेलको मूल्य १३ महिना यताकै उच्च तहमा पुगेको छ ।

कोरोना राहत प्याकेज अमेरिकी शेयर बजारमा उछालको मुख्य कारण रहेको बताइएको छ । यस अन्तर्गत १.९ ट्रिलियन डलर निकासा गरिने छ । उही समयमा अर्थतन्त्रमा सकारात्मक वृद्धि  भएको छ । एक वर्ष पहिलादेखिको कोरोना महामारीको कारण आर्थिक गतिविधिको मापन गर्ने वाल स्ट्रीटमा सूचकांक एक बर्षको न्यूनतम पुगेको थियो । यसले सोमबार मर्गन स्ट्यान्ले क्यापिटल इन्टरनेशनल) एमएससीआई) सूचकांकमा ०.३ ले वृद्धि भएको छ । यो सूचकांकले विश्वभरको सेयरको स्थिति मापन गर्दछ ।

अमेरिकी सरकारले ल्याएको राहतको प्याकेजको असर स्टक बजारमा परेको छ । बेलायतको एफटीएसई १०० सूचकांक सोमबार १.८ प्रतिशतले बढेको छ । जापानको निक्केई सूचकांक ३० वर्ष यतकै ठूलो वृद्धि देखिएको छ । यसको असर एसियाली बजारमा १.९ प्रतिशतले वृद्धि भएको छ, जापानको इन्डेक्स पहिलो पटक ३०,००० अंक पार गरेको छ । जबकि चीन र हंकंगको शेयर बजार नयाँ वर्ष को अवसरमा बन्द भएको छ ।

भारतीय शेयर बजार पनि रेकर्ड स्तरमा कारोबार गर्दैछ । बीएसई सेन्सेक्स सूचकांक १५ फेब्रुअररुमा पहिलो पटक ५२ हजार अंक पार गर्यो। सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण  पनि २०५ लाख करोड रुपैयाँ भारु नाघेको छ । भारतीय बजार रिटर्नको हिसाबले दोस्रो र मार्केट क्यापको सन्दर्भमा विश्वको ७ औं सबैभन्दा ठूलो बजार मानिन्छ ।

कच्चा तेलको मूल्य लगातार माथि बढ्दै छ । ब्रेंट क्रुड  आयल १.३ प्रतिशतले वृद्धि भएर ६३.२४ डलर प्रति व्यारेलमा छ । अमेरिकी कच्चा तेल पनि १.९ प्रतिशतले बढेर ६०.५८ डलर प्रति व्यारेलमा छ । नेपालको स्टक एक्स्चेञ्ज नेप्सेको २८ वर्षको इतिहासमा सोमबार सबैभन्दा उच्च विन्दु २५८६.०१ विन्दुमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया