२०८२ फाल्गुन ६ | Feb 18, 2026

विश्वमै पहिलोपटक एलोन मस्कको एआई उपकरणमाथि प्रतिबन्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २८
|
3.7k views

मलेसिया र इन्डोनेसियाले एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा प्रयोग भइरहेको एआई च्याटबट ‘ग्रोक’ लाई आफ्नो देशभित्र प्रयोग गर्न नपाइने निर्णय गरेका छन्। यस निर्णयसँगै यी दुई देश विश्वमै पहिलोपटक कुनै एआई च्याटबटमाथि प्रत्यक्ष प्रतिबन्ध लगाउने मुलुकका रूपमा देखिएका छन्।

सरकारी निकायका अनुसार ग्रोकबाट उत्पन्न हुने केही सामग्री स्थानीय कानुन, सामाजिक मूल्य र डिजिटल आचारसंहितासँग मेल नखाने देखिएपछि यस्तो कदम चालिएको हो। विशेषगरी गलत सूचना, आपत्तिजनक अभिव्यक्ति र संवेदनशील विषयमा अनियन्त्रित प्रतिक्रिया आउन सक्ने जोखिमलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ।

एआई प्रविधि तीव्र गतिमा विस्तार भइरहेका बेला दक्षिण–पूर्वी एसियाका यी दुई मुलुकको निर्णयलाई डिजिटल नियमनको नयाँ संकेतका रूपमा हेरिएको छ। यसले भविष्यमा अन्य देशहरूलाई पनि एआई उपकरणको प्रयोग र नियन्त्रणबारे कडा नीति बनाउन प्रेरित गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया