वृहत् रक्तदान अभियानको पहिलो दिन नेपालभरबाट ४ हजार ९सय ७१ पिन्ट रगत संकलन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ७
|
663 views

ललितपुर - ललितपुर । विश्व बन्धुत्व दिवसका अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको वृहत् रक्तदान अभियानको पहिलो दिन नेपालभरबाट ४ हजार ९सय ७१ पिन्ट रगत संकलन भएको छ । जावलाखेलको अभियानमा ६५ पिन्ट रगत संकलन भएको थियो ।


केन्द्रले संस्थाका एशोसियट अन्तर्राष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका पूर्वमुख्य प्रशासिका डा प्रकाशमणिको १८औँ पुण्य तिथि पारेर एक लाख युनिट रक्त–सङ्कलन गर्ने लक्ष्यसहित बृहत् रक्तदान अभियान आयोजना गरेको हो ।


अभियान ९ गतेसम्म सञ्चालन हुने र अभियानमा नेपाल र भारतमा रहेका हजारौँ ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा सङ्घ–सङ्गठनको सक्रिय सहकार्य रहने जनाइएको छ । १ लाख युनिट रगत सङ्कलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवं सङ्कलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने र गिनिज वल्र्ड रेकर्ड कायम हुन सक्ने अनुमान गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube