२०८२ आश्विन १६ | Oct 02, 2025

वेस्ट इण्डिजविरुद्धको खेलमा नेपालले १७३ रनको योगफल बनायो

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १३
|
969 views

ललितपुर इण्डिजविरुद्धको ऐतिहासिक युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आज नेपालले १७३ रनको योगफल बनाएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको हो । यससँगै वेस्ट इन्डिजले जितका लागि १७४ रनको चुनौती पाएको छ । नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए । यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया