२०८२ फाल्गुन ६ | Feb 18, 2026

वैशाख महिनामा बस्ने प्रतिनिधिसभा बैठकको समयतालिका सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२
|
918 views

काठमाडौँ । वैशाख महिनाभर बस्ने प्रतिनिधिसभा बैठकको समयतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ । सङ्घीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख १२ गतेबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले वैशाख महिनाभरको सक्यालेन्डर पारित गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले १५ वैशाखसम्मको एउटा र १६ वैशाखदेखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर तयार पारेको हो ।

तालिका अनुसार वैशाखभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यस्तै १९ गते बस्ने सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि समितिले पारित गरेको छ ।

त्यस्तै क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ भने वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

calender

फेसबुकबाट तपाईको प्रतिक्रिया