शंखरापुर नगरपालिकाको जहरसिंपौवा युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ आश्विन १
|
663 views

ललितपुर - काठमाण्डौ १ अशोज २०८१

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका–३ स्थित पर्यटकीय नगरी जहरसिंपौवामा आगामी असोज १२ गतेदेखि फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

      असोज २३ गतेसम्म चल्ने प्रतियोगिता शंखरापुर नगरपालिका– ३ को जहरसिंपौवा खेल मैदानमा हुनेछ। जहरसिंपौवा युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रहेको छ। प्रतियोगिताको उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ र सान्त्वनास्वरूप फर्स्ट रनरअपले ५५ हजार ५५५ रुपैयाँ पाउनेछ्न्।

      नकआउट चरणमा सम्पन्न हुने प्रतियोगिताको टिम दर्ता यही भदौ २३ गतेबाट सुरु भएको छ। टिम दर्ताका लागि १० हजार प्रवेश शुल्क बुझाउनुपर्ने क्लबका अध्यक्ष बासु वाइबाले जानकारी दिए।

       पात्रो/राशिफल  रेडियो YouTube