शिक्षकको माग आज सम्बोधन हुने प्रबल सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७
|
408 views

ललितपुर - काठमाडौँ । करिव महिना दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता आज टुंगिने प्रबल सम्भावना रहेको नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बताए । शिक्षा मन्त्रालयले शिक्षक महासंघको ९ बुँदै प्रस्ताव सहितको माग आज टुंगिन सक्ने प्रवल सम्भावना रहेको जानकारी गराएको छ । सोमबारदेखि छलफलमा रहेको महासंघ र नेपाल सरकार शिक्षा मन्त्रालयबीच मंगलबार रातिसम्म पनि सहमति जुट्न सकेन ।

नेपाल शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।

    ‘नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार दुई पक्षीय छलफलले सहमतिको नजिक पु¥याए पनि निष्कर्ष भने निस्किसकेको छैन । उनले भने बुधबार) बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ ‘हाम्रा मागहरू ९ बुँदामा पेश गरेका छौँ। वार्ता लगभग आज टुंगो लाग्छ ।’

    उनका अनुसार कक्षा १२ को परीक्षा भने निर्धारित मितिमै हुने भएको छ ।

      महासंघ आफ्नो अडानका साथ आन्दोलन गरिरहँदा महिना दिनदेखि देशभरका सामुदायिक विद्यालयहरुमा पठापाठन ठप्प छ । यतिबेला आएर सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण अझै पनि सहमति हुन सकेको छैन ।

      निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको ७ बुँदाहरुभित्रै रहेर निष्कर्ष निकालिने भएको छ । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च भनिएको छ ।

      यी हुन् महासंघले मन्त्रिपरिषद्बाट निर्णय गराउन खोजेका विषय :

      –विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
      –सामाजिक सुरक्षा कोष
      –दुर्गम भत्ता
      –ग्रेड समायोजन
      –मर्यादा क्रम
      –अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
      –निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।

       पात्रो/राशिफल  रेडियो YouTube