२०८२ फाल्गुन ६ | Feb 18, 2026

शिक्षक आन्दोलनप्रति पार्टी संवेदनशिल छ : कार्यवाहक सभापति खड्का

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२
|
867 views

काठमाडौै । शिक्षकको माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शिक्षकहरुको मागलाई लिएर शुक्रबार काँग्रेसका केन्द्रीय सदस्य तथा विभागीय प्रमुख अब्दुल सत्तारको नेतृत्वमा गएको टोलीले खड्कालाई ध्यानाकर्षण पत्र उनकै निवास हात्तीगौडामा बुझाएको हो ।

शिक्षकको माग सम्बोधन गर्न शुभेच्छुक विभाग अन्गर्तका संस्थाहरुको संयुक्त हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक खड्काले शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरुको भविष्य अन्योल पारेको हुँदा शिक्षकको मागलाई यथासिघ्र समाधानको लागि सरकारसँग पहल गर्ने बताउँदै शिक्षकको जायज मागका विषयमा पार्टी संवेदनशिल रहेको बताए ।

कानुन संवत, समयानुकुल शिक्षाको गुणस्तर र पेशागत हकहित संरक्षण गर्ने माग जाहेज रहेको ठहर गर्दै पार्टीका सबै शुभेच्छुकहरुले शिक्षकहरुको आन्दोलनको पक्षमा एक्यबद्धता जायर गरेको थियो । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षक संघ÷संगठनहरुसँग सरकारले गरेको सहमती कार्यान्वय गर्न पनि आग्रह विभागले गरेको छ । नेपाली कांग्रेसले आफ्नो अग्रसरता लिनु पर्नेमा पत्रमा उल्लेख गरिएको छ ।

शिक्षकको माग सम्बोधन गर्न पार्टीका कार्यबहाक सभापति खड्कालाई पत्र बुझाएको शुभेच्छुक संस्था समन्वय विभागका सचिव निर्मला क्षेत्रीले जानकारी दिइन् ।

विभागले आन्दोलनमा रहेका शिक्षकसँग तत्काल बार्ता गरि समस्याको समाधान गर्न माग गरेको छ । शिक्षक महासंघका अगुवाइमा विगत २४ दिनदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसले गर्दा विद्यार्थीको भविष्य अन्योल बनाउनुका साथै अभिभाकहरु चिन्चित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया