|
|
२०८२ असार १५
357 views
ललितपुर - ललितपुर। विद्यालय शिक्षा विधेयकमा शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । अब विद्यालय तहको शिक्षक हुनका लागि शिक्षाशास्त्र संकाय बाहेक अन्य संकाय अध्ययन गरेकाले पनि लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा यस्तो प्रावधान राख्न सहमति जुटाएको हो। तर, शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ ।
यस्तै, प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

बिजनेस पाटी