२०८२ असार १६

ललितपुर । सोमबार बिहानका लागि तय भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सारिएको छ । आज विहान ८ः३० बजेका लागि बोलाइएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको हो ।
आजको बैठकमा अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति जुटाउने भनिए पनि उक्त विषयमा सहमति हुन नसक्दा बिहानको बैठक स्थगित गरिएको हो । उक्त प्रकृतिका शिक्षकको प्रतिस्पर्धालाई ६०/४० गर्ने कि ७५/२५ राख्ने भन्नेमा सहमति सकेको छैन । बैठक बस्नुअघि सोही विषयमा समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरेको भए पनि सहमति हुन सकेन ।
नमिलेको विविध विषयमा सहमति जुटाउनका अहिले शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया